काठमाडौ, l ग्लोवल आईएमई बैंकले आर्थिक बर्ष २०७७–०७८ मा चार अर्ब १२ करोड ६५ लाख १२ हजार रुपैैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा दुई अर्ब ९० करोड ८६ लाख ६४ हजार रुपैयाँ रहेको थियो ।
चुक्ता पुंजी २१ अर्ब ६३ करोड २५ लाख तीन हजार रुपैयाँ रहेको बैंकले आव २०७७–०७८ मा दुई खर्ब ६८ अर्ब ४३ करोड ३७ लाख ९२ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई खर्ब २८ अर्ब ८९ करोड ३९ लाख ७८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा नौ अर्ब तीन लाख ५८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दसमलव ४२ प्रतिसत कर्जा निष्क्रिय रहेको छ भने बितरणयोग्य नाफा दुई अर्ब ७६ करोड १९ लाख तीन हजार रुपैयाँ रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने बैंकले दुई खर्ब १२ अर्ब ३१ करोड ५३ लाख ८५ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ९० अर्ब ३३ करोड ६८ लाख ५३ हजार रुपैयाँ कर्जा प्र्रवाह गरेको थियो । उक्त अवधिमा आठ अर्ब २२ करोड २० लाख १३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैैकमा एक दसमलव ७६ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो ।