शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

जनार्दन शर्माको नातावाद ! भान्जीज्वाइँलाई मासिक १८ लाख

सोमबार, साउन ३२ २०७८

काठमाडौँ l माओवादी दोन्दकालका  ‘जनमुक्ति’ लडाकु चार जना डेपुटी कमान्डरमध्ये एक जनार्दन शर्मा देशको आर्थिक नीति तर्जुमा र कार्यान्वयन गर्ने अर्थ मन्त्रालयको नेतृत्वमा पुगे लगतै विवादपूर्ण कार्यसम्पादन गर्दै अई रहेका छन l

ऊर्जामन्त्रीका रूपमा शर्माले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी कुलमान घिसिङलाई दिलाएको र घिसिङको सफल कार्यकालका कारण त्यसको जस लिएर अर्थमन्त्री बनेलगत्तै आफन्त नियुक्तमा केन्द्रित हुन थालेका छन् । 

शर्माले शाखा अधिकृत पदमा कार्यरत आफ्ना भान्जीज्वाईँ भीमकान्त न्यौपानेलाई एशियाली विकास बैंकको सल्लाहकारमा पठाउने निर्णय गरेका छन्। मन्त्री शर्माले ज्वाई न्यौपानेलाई मासिक १८ लाख तलव सुविधा पाउन एडीबीमा पठाउने निर्णय गरेका छन्।

ओली सरकार पदमुक्त हुने १५ दिनअघि उपसचिव रमेश अर्याललाई एडीबीको सल्लाहकारमा पठाउने निर्णय भएको थियो । तर अहिले भने शर्माका ज्वाइँ न्यौपानेलाई पठाउने निर्णय गरिएको छ ।

एडीबीको उक्त पद दुई वर्षका लागि हुन्छ । मासिक लगभग १८ लाख रुपैयाँ तलब हुने उक्त पद आकर्षक मानिन्छ ।

अर्थ मन्त्रालयका कनिष्ट शाखा अधिकृतलाई भान्जीज्वाइँ भएकै कारण मनिलास्थित एडीबीको सल्लाहकारमा पठाएर सुशासनकै धज्जी उडाएका छन् ।