शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

मौद्रिक नीति घोषणा संगै नेप्सेमा भिषण पहिरो

आइतबार, साउन ३१ २०७८

काठमाडौ, l चालु आर्थिक बर्षको मौद्रिक नीति घोषणा भएपश्चात आज खुलेको नेप्सेमा भिषण पहिरो गएको छ । नेप्सेमा आज २४ दसमलव ८८ अंकले घटेर तीन हजार एक सय ५४ दसमलव तीन अंकमा पुग्दा सेन्सिटिभ पनि एक दसमलव नौ अंकले घटेर पाँच सय ८९ दसमलव २८ अंकमा झरेको छ । दुई सय २२ वटा कम्पनीहरुको एक लाख ८९ हजार सात सय ३६ पटकको कारोवारमा तीन करोड ५५ लाख ५० हजार छ सय ८८ कित्ता सेयर किनबेच हुंदा आज कारोवार रकम २१ अर्ब ६४ करोड ७६ लाख छ सय ५५ रुपैयाँको कारोवार भएको छ । 

आज १३ वटा समुहको कारोवार हुंदा १० वटा समुहको सुचक घटेर तीन वटा समुहको सुचक बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दसमलव १५ अंकले घटेर दुई हजार एक सय १७ दसमलव ९४ अंकमा झरेको छ भने जलबिद्युत समुहको सुचक पनि एक सय ५७ दसमलव ४१ अंकले घटेर तीन हजार छ सय ५५ दसमलव ५२ अंकमा झरेको छ । यि बाहेक बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, फाईनान्स, अन्य र सामुहिक लगानी कोष समुहरुको सुचक पनि घटेकाछन । उत्पादनमुलक, लघुबित्त र लगानी समुहको सुचक भने आज बढेकाछन । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा खानीखोला हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एनआईबिएल प्रगती फण्ड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीह्रुको सुचीमा भने पहिलो स्थानमा नेपाल बैंक लिमिटेड परेको छ ।