काठमाडौ, l सेयर कारोवार रकम बढेको छ । यो साता पाँच दिन नेप्से खुल्ला रहेकोमा पाँच दिन नै बढेपछि सेयर कारोवार रकम बढेको थियो । सोही आधारमा नेप्से यो साता तीन हजार एक सय ७९ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पाँच सय ९१ दसमलव १६ अंकमा चढेको छ ।
नेप्सेमा यो साता दुई सय ३० वटा कम्पनीहरुको सात लाख १३ हजार सात सय ३० पटकको कारोवारमा १४ करोड ९८ लाख ३२ हजार तीन सय १० कित्ता सेयर किनबेच भएकाछन भने कुल सेयर कारोवार रकम ७९ अर्ब २६ करोड आठ लाख ४० हजार नौ सय १६ रुपैयाँ पुगेको छ । यो कारोवार रकम गत साताको भन्दा निकै बढी हो ।
नेप्सेमा गत साता भने दुई सय २६ वटा कम्पनीहरुको छ लाख नौ हजार छ सय १८ पटकको कारोवारमा १३ करोड १० लाख २४ हजार नौ सय ११ कित्ता सेयर किनबेच हुदा कारोवार रकम ६४ अर्ब ५२ करोड ८७ लाख ३२ हजार नौ सय ५५ रुपैयाँ पुगेको थियो । नेप्से यो साता पाँच दिन नै खुल्ला रहेकोमा पाँचै दिन बढेको छ ।
सो मध्ये पहिलो दिन आईतबार नेप्से शुन्य दसमलव ६६ अंकले बढेर तीन हजार आठ दसमलव १२ अंकमा पुगेको थियो भने सेन्सिटिभ शुन्य दसमलव ७८ अंकले बढेर पाँच सय ७८ दसमलव नौ अंकमा पुगेको थियो । दोस्रो दिन पनि नेप्से एक दसमलव ५४ अंकले बढेर तीन हजार एक सय नौ दसमलव ६६ अंकमा पुगेको थियो भने सेन्सिटिभ भने दुई दसमलव पाँच अंकले घटेर पाँच सय ७५ दसमलव ९५ अंकमा झरेको थियो । तेस्रो दिन भने नेप्से ५१ दसमलव ८६ अंकले बढेर तीन हजार एक सय ६१ दसमलव ४४ अंकमा पुग्दा सेन्सिटिभ पनि १२ अंंकले बढेर पाँच सय ८७ दसमलव ९५ अंकमा पुुगेको थियो । चौथो दिन पनि नेप्से शुन्य दसमलव ९४ अंकले बढेर तीन हजार एक सय ६२ दसमलव ५९ अंकमा पुग्दा सेन्सिटिभ भने दुई दसमलव ३८ अंकले घटेर पाँच सय ८५ दसमलव ७१ अंकमा पुगेको थियो । पाँचौं दिन भने नेप्से १६ दसमलव ४१ अंकले बढेर तीन हजार एक सय ७९ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि पाँच दसमलव ४६ अंकले बढेर पाँच सय ९१ दसमलव १६ अंकमा पुगेको थियो ।
बढी रकम रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने यो साता अपर तामाकोशी हाईड्रो पावर कम्पनी, नेशनल हाईड्रो पावर कम्पनी, अपी पावर लिमिटेड आदि परेकाछन भने सेयर कारोवार भएका संख्याको आधारमा नेशनल हाईड्रो पावर कम्पनी, अपर तामाकोशी हाईड्रो पावर कम्पनी आदि परेकाछन । बजार पुंजीकरणको आधारमा भने नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि परेकाछन । सेयर सुचीकरणतर्फ भने यो साता सबैको लघुबित्त बित्तीय संस्था, नेपाल बैंक र कृषि बिकास बैंकको बोनस सेयर एवं ऋणपत्र सुचीकृत भएकाछन ।