शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

प्राईम लाईफको नाफा ३० करोड ८२ लाख, प्रतिशेयर आम्दानी कति ?

शुक्रबार, साउन २९ २०७८

काठमाडौ, l प्राईम लाईफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७७–०७८ मा ३० करोड ८२ लाख ८२ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीको यस्तो नाफा २९ करोड ८५ लाख ६४ हजार रुपैयाँ रहेको थियो । 

हाल चुक्ता पुंजी दुई अर्ब ४१ करोड ७० लाख ५७ हजार रुपैयाँ रहेको कम्पनीको प्रति सेयर आम्दानी १२ रुपैयाँ ७५ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रति सेयर नेटर्वथ भने एक सय ३५ रुपैयाँ सात पैसा रहेको छ ।