शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

बाँडफाँट साइत जुर्यो सानिमा लाइफ इन्स्योरेन्सको

शुक्रबार, साउन २९ २०७८

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ आइतवार बिहान बाँडफाँट हुने भएको छ । कम्पनीले दरबारमार्गस्थित कार्यलयमा  बिहान ११ बजे बाँडफाँट हुने बताएको छ ।उक्त कम्पनीको आईपीओको बिहीवार नै प्रि- अलोटमेण्ट सम्पन्न भइसकेको छ ।

कम्पनीले निष्कासन गरेको आईपीओमा योग्य आवेदक २३ लाख १३ हजार ५५६ जनामध्ये १७ लाख ६८ हजार १२२ जना आवेदकको हात खाली हुने भएको छ । २४ लाख १९ हजार ८४८ जनाले ३ करोड ६९ लाख ५१ हजार ८० कित्ता लागि आवेदन दिएका थिए ।

यो आवेदन संख्या हालसम्मकै उच्च हो । उक्त आवेदकमध्ये ६ हजार २९२ जना आवेदकको आवेदन भने रद्द भएको छ । त्यस्तै दोहोरो आवेदन दिने ५ हजार ४३४ जनाको पनि आवेदन रद्द भएको विक्री  प्रबन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ । 

दुबै कारणले आवेदन रद्द हुने आवेदकको संख्या १ लाख ११ हजार ७२६ जना रहेको छ ।यस आधारमा योग्य आवेदकको संख्या २३ लाख ८ हजार १२२ रहेको छ । कम्पनीले साउन २० गते देखि २४ गतेसम्म  ६० लाख कित्ता आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले जसमध्ये ३ लाख कित्ता कर्मचारीको लागि र म्युचुअल फण्डको लागि ३ लाख छुट्याएर बाँकी रहेको ५४ लाख कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गरेको थियो । यस आधारमा कम्पनीको आईपीओ ५ लाख ५० हजार जना आवेदकले १०/ १० कित्ताका दरले शेयर पाउनेछन् ।