शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

हिमालयन बैंकको नाफा करीब ३ अर्ब, प्रति शेयर आम्दानी कति ?

शुक्रबार, साउन २९ २०७८

काठमाडौ, l हिमालयन बैंकको खुद मुनाफा बढेको छ । बैंकले आर्थिक बर्ष २०७७–०७८ मा मा दुई अर्ब ९९ करोड ८० लाख आठ सय ७५ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा भने बैंकको दुई अर्ब ५८ करोड ६७ लाख २२ हजार सात सय १० रुपैयाँ खुद मुनाफा कमाएको थियो । 

चुक्ता पुंजी १० अर्ब ६८ करोड ४४ लाख आठ सय २८ रुपैयाँ रहेको बैंकले आव २०७७–०७८ मा एक खर्ब ४१ अर्ब दुई करोड १० लाख ७४ हजार आठ सय ६० रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २६ अर्ब दुुई करोड ९७ लाख ८१ हजार आठ सय ६२ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन अर्ब ७८ करोड ८२ लाख छ हजार ६३ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दसमलव ४८ प्रतिसत कर्जा निष्क्रिय रहेको छ । 

बैंकले अघिल्लो आवमा भने  एक खर्ब २५ अर्ब २६ करोड ४३ लाख ८१ हजार छ सय ९० रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब एक अर्ब ७२ करोड ८४ लाख ६७ हजार एक सय ६४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब ८२ करोड १७ लाख तीन हजार पाँच सय ६० रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दसमलव एक प्रतिसत कर्जा निष्क्रिय रहेको थियो ।