आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

अवैध लागूऔषध सहित पाँच जना पक्राउ 

शुक्रबार, साउन २९ २०७८

काठमाडौं, l दाङको घोराही उपमहानगरपालिका–१४ दामोदर चोकबाट २ सय ६० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित सोही उपमहानगरपालिका–१३ बस्ने २० वर्षीय ईश्वर बुढालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । रा.३ प ८७३७ नम्बरको मोटरसाइकललाई वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी मोटरसाइकल चालक बुढालाई पक्राउ गरेको हो । 

कपिलवस्तुको शुद्धोधन गाउँपालिका–३ हर्दिहवाबाट ६ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत घर भएको २५ वर्षीय सहजाद अन्सारी र सोही ठाउँ बस्ने ३२ वर्षीय मोहम्मद रजा खान रहेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

कास्कीको पोखरा महानगरपालिका–२६ विजयपुर शान्तीमार्गबाट ७ ग्राम ७५ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद १० हजार रुपैयाँ सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही महानगरपालिका–१३ बस्ने २५ वर्षीय आगमन राई र माछापुच्छ्रे गाउँपालिका–४ बस्ने १९ वर्षीय सुरज रानाभाट रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।