शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

शेयर बजारमा झिनो अंकको बृद्धि,१५ अर्ब ४५ करोडको कारोबार

बुधबार, साउन २७ २०७८

काठमाडौ, l नेप्से झण्डै एक अंकले बढेको छ । आज बुधबार नेप्से शुन्य दसमलव ९४ अंकले बढेर तीन हजार एक सय ६२ दसमलव ५९ अंकमा पुग्दा सेन्सिटिभ भने दुई दसमलव ३८ अंकले घटेर पाँच सय ८५ दसमलव ७१ अंकमा झरेको छ ।

आज दुई सय ३० वटा कम्पनीहरुको एक लाख ३९ हजार दुई सय १८ पटकको कारोवारमा दुई करोड ७२ लाख ९८ हजार छ सय २४ कित्ता सेयर किनबेच भएकाछन भने कारोवार रकम १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार चार सय ५४ रुपैयाँ पुगेको छ । 

आज १३ वटा समुहको कारोवार हुंदा आठ वटा समुहले गुमाएकाछन भने पाँच वटा समुहले कमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १४ दसमलव १७ अंकले घटेर दुुई हजार एक सय १५ दसमलव ९५ अंकमा झरेको छ भने बिकास बैंक, फाईनान्स, टे«डिङ, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहरुको सुचक पनि घटेकाछन । जलविद्युत समुहको सुचक भने आज एक सय ४४ दसमलव ७९ अंकले बढेर तीन हजार आठ सय ३७ दसमलव १५ अंकमा पुग्दा होटल तथा पर्यटन, निर्जिवन बीमा, जीवन बीमा र लघुबित्त समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमा बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रुरु जलविद्युत कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा जानकी फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज पहिलो स्थानमा अपर तामाकोशी हाईड्रो पावर कम्पनी परेको छ ।