शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

“८.५० प्रतिसत नेपाल बैंक ऋणपत्र–२०८७” नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत

मंगलबार, साउन २६ २०७८

काठमाडौ, l नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकले जारी गरेको तीन अर्ब ५० करोड रुपैयाँ बराबरको एक हजार अंकित दरको ३५ लाख कित्ता “८.५० प्रतिसत नेपाल बैंक ऋणपत्र–२०८७” नेपाल स्टक एक्सचेञ्च लिमिटेडमा सूचीकरण भएको छ ।

सुचीकरणका लागि नेपाल स्टक एक्सचेञ्च लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिं साउद र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीका बिच धितोपत्र सूचीकरण सम्बन्धी सम्झौतापत्रमा एक कार्यक्रमका बिच हस्ताक्षर भएको छ ।  

सूचीकरण भएको ऋणपत्र धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार शुरु हुने जानकारी बैंकले दिएको छ ।