काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार १० ओटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
बजार खुली कारोबारमा आएका २१८ कम्पनीमध्ये कामना सेवा विकास बैंक, वेष्ट फाइनान्स,श्री इन्भेष्टमेण्ट एण्ड फाइनानस,सेन्ट्रल फाइनान्स,गुहेश्वरी मर्चेण्ट एण्ड बैंक एण्ड फाइनान्स आइसीएफसी फाइनान्स,महालक्ष्मी विकास बैंक, मल्टीपर्पस फाइनान्स र जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
ती १० ओटै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा मंगलवार १० प्रतिशतले वृद्धि भएको हो । ती १० ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।
कामना सेवा विकास बैंकको शेयरमूल्य प्रतिकित्ता ६४५ दशमलव ७०, वेष्ट फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू.५७८ दशमलव ६०,श्री इन्भेष्टमेष्ट एण्ड फाइनान्सको रू. ६२५ दशमलव ९०,सेन्ट्रल फाइनान्स रू. ६४३ दशमलव ५०,गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सको रू. ६५१ दशमलव २०,आइसीएफसी फाइनान्सको रू. ८१३ दशमलव १० पुगेको छ ।
यसैगरी महालक्ष्मी विकास बैंकको रू. ५६४ दशमलव ३०,मल्टीपर्पस फाइनान्सको रू.६३१ दशमलव ४० र जीवन विकास लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. २ हजार ४ दशमलव ६० पुगेको छ ।