काठमाण्डौ । , सरकारले विभिन्न मन्त्रालयका सचिवको व्यापक सरुवा गरेको छ । नया सरुवा अनुसार गृहमन्त्रालयमा टेक नारायण पाण्डेलाइ ल्याइएको छ । पाण्डे यसअघि भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयमा थिए ।
प्रधानमन्त्रीको सरकारी निवास बालुबाटारमा बसेको मन्त्रीपरिषद बैठकले प्रदेश १ र २ मा रहेका प्रमुख सचिवसहित ८ जनालाइ सरुवा गरेको हो । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाइ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव बेगेन्द्र राज शर्मालाइ रक्षा मन्त्रालयमा ल्याइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालका सचिव डा. वैकुण्ठ अर्यालको सूचना तथा सञ्चार मन्त्रालयमा सरुवा भएको छ ।
जल तथा उर्जा आयोगका सचिव सागरकुमार राईको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा सरुवा भएको छ ।
प्रदेश २ को प्रमुख सचिवमा पदस्थापन भएका प्रदेश २ का प्रमुख सचिव गोकर्णमणी दुवाडीको प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा भएको छ । ६ महिनाअघि सचिवमा बढुवा भएर प्रदेश १ को प्रमुख सचिवमा पदस्थापन भएका सचिव सुमनराज अर्यालको भने महालेखा नियन्त्रणको कार्यालयमा सरुवा भएको छ ।