शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

राष्ट्र बैंकले बैंक तथा फाईनान्स कम्पनीहरुमा एक अर्ब २६ करोड रुपैयाँ राख्ने

सोमबार, साउन २५ २०७८

काठमाडौ, l नेपाल राष्ट्र बैकले बैंक तथा फाईनान्स कम्पनीहरुमा एक अर्ब २६ करोड रुपैयाँ राख्ने भएको छ । बैकमा कर्मचारी सुरक्षण कोष, उपदान तथा पेन्सन कोषमा रहेकोमा रकम तीन सय ६६ दिने मुद्धती निक्षेपकोरुपमा २०७८ भदौ एक गतेदेखि २०७९ भदौ एक गतेसम्मको लागि उक्त परिमाणमा रकम राख्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ । 

राष्ट्र बैंकका अनुसार मुुद्धती निक्षेपकोरुपमा राखिने कुुल रकम मध्ये बाँणिज्य बैकहरुको लागि एक अर्ब ८० लाख, बिकास बैंकहरुको लागि १८ करोड ९० लाख र फाईनान्स कम्पनीहरुको लागि छ करोड ३० लाख रुपैयाँ छुुट्याईएको छ । रकम लगानीको लागि बैंक तथा फाईनान्स कम्पनीहरुले यही साउन २६ गते साँझ पाँच बजेसम्म नेपाल राष्ट्र बैंकमा आफुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुपर्ने छ । 

यस्तो प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने लगायतका सर्तहरु तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।