शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

स्टार्ट अपका लागि ऋण दिन कार्यविधी तयार, अब १ प्रतिशत ब्याजमै कर्जा !

आइतबार, साउन २४ २०७८

काठमाडौं, साउन २४ । व्यवसायमा नयाँ सोच भएका तर रकमको अभावमा सुरु गर्न नसकेकाहरुलाई एक प्रतिशत ब्याजदरमै २५ लाख सम्म ऋण दिनेगरि नवप्रवर्तन सुरुवाती पुँजी कर्जा प्रवाह सम्वन्धी कार्यविधी तयार भएको छ । जसमा अर्थमन्त्रालयले सरोकारवाला निकायहरुसँग छलफल गरेर अन्तिम टुंगो लगाइसकेको र अर्थमन्त्रीबाट यो पास हुन बाँकि रहेको मन्त्रालयले जनाएको छ । 

गत वर्षकोे बजेटले २ प्रतिशत ब्याजदरमा ऋण दिने भनेकोमा चालु आर्थिक वर्षको बजेटमा यसलाई घटाएर १ प्रतिशत बनाइएको छ ।  सोहि अनुसार कार्यविधी संसोधन गरि यसलाई स्वीकृत गरेर छिट्टै प्रस्ताव आह्वान गर्ने अथर्मन्त्रालय बताउँछ ।

अहिलेको बजेटमा १ अर्बको च्यालेन्ज फन्डको समेत व्यवस्था गरिएको छ। गतवर्षको बजेटमा ५० करोड रकमको व्यवस्था  गरेको बताइएको थियो । तर, गत वर्ष कार्यविधी नै नबनि सकियो । यसअघिको कार्यविधीमा अनुदानमा रकम उपलब्ध गराउने भनिएको थियो। तर, बिज्ञापन गरेर ६ सय ९९ जनाले योजना पेश गरेर पनि छनौट प्रक्रिया भने अघि बढाइएको थिएन ।

सरकारले गत वर्षको बैशाखमा स्टार्ट अप अर्थात नयाँ खालका सोच भएका व्यवसायलाई अनुदान दिने भन्दै बिज्ञापन सार्वजनिक गरेको थियो । करिब ६ सय ९९ जनाले योजना आयोगमा आवेदन दिएका थिए ।  ती आवेदनहरु अब खेर गएका छन् । छनोटका लािग सरकारले फेरी प्रस्ताव आह्वान गर्नेछ । 

दुई वर्ष अघिको बजेटमा नवप्रवर्तनकारी उद्यम अर्थात स्टार्ट अप बिजनेशका लागि अनुदान दिने भनिएको थियो । सोहि अनुसार नै  योजना आयोगले आवेदन पनि माग गर्याे । तर रकम बिनियोजन नहुदै मात्रै होइन, कार्यविधीले नै पुर्णता नपाउँदै  यो वर्षको बजेटमा यस्तो रकम ऋणमा दुई प्रतिशतमा उपलब्ध गराउने घोषणा गरियो । जसलाई अहिले घटाएर १ प्रतिशत कायम गरिएको छ  । 

स्टार्ट अप भनेको योजना तयार हुने बित्तिकै लगानी  गर्नुपर्छ ।  त्यसैले यस्ता योजना सफल पार्न भनेर सरकारले यो वर्षकोे बजेटमा ५० करोड रकम पनि व्यवस्था गर्याे । तर यसका लागि कुनै प्रक्रिया अघि नबढाउँदा यस्तो नयाँ व्यसाय गर्न चाहनेहरु निराश भएको देखिन्छ ।