शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

अब करदाता सेवा कार्यालय तौलिहवा, कपिलवस्तुमा सिभिल बैंकको एक्सटेन्सन काउन्टर

बिहिबार, साउन २१ २०७८

काठमाडौ, l समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले कपिलवस्तु जिल्ला, तौलिहवा वडा नं ०१, करदाता सेवा कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन आन्तरिक राजश्व कार्यालय, कपिलवस्तु जिल्ला, कृष्णनगरका प्रमुख कर अधिकृत दिनेश पाण्डेले गर्नुभयो ।

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा उद्योग वाणिज्य संघ, तौलिहवाका अध्यक्ष गयादीन कुर्मी तथा उपाध्यक्ष संदीप श्रीवास्तव, करदाता सेवा कार्यालय तौलिहवाका कर अधिकृत भोज प्रसाद खनाल, सिभिल बैंकका लुम्बिनी प्रदेश प्रमुख किरण धमला लगायतसो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति, मिडियाकर्मीहरु तथा सर्वसाधरणको उपस्थिति रहेको थियो । 

2.JPG

अब त्यस क्षेत्रका सेवाग्राहीहरुले नेपाल सरकार अर्थ मन्त्रालय आन्तरीक राजश्व विभागसंग सम्वन्धित करहरुको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्पmत सजिलै संग गर्न सक्नेछन । करिव  छ लाख ग्राहकहरुलाई ११५ शाखाहरुमार्फत  सेवा प्रदान गरिरहेको सिभिल बैंकले यस एक्सटेन्सन काउन्टर सहित १० एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ जसमध्ये ६ वटा एक्सटेन्सन काउन्टरहरु नेपाल सरकारको कर तथा राजश्व संकलन गर्न स्थापित गरिएको हो । साथै बैंकको हालसम्म ८६ एटियम रहेका छन् । बैंकले हालसम्म करीव ९० अर्ब भन्दा बढी निक्षेप परिचालन गरी ८३ अर्ब भन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।