शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

चौथो त्रैमासमा गुराँस लघुवित्तको नाफा ५१४ % ले बढ्दा इपीएस कति ?

बिहिबार, साउन २१ २०७८

काठमाडौं ।  गुराँस लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासमा ५१४ प्रतिशतले नाफा वृद्धि गरेको छ । बिहीवार सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ५१४ प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो आवमा रू. ३५ लाख ८९ हजार नाफा कमाएको उक्त कम्पनीले गत आवमा वृद्धि गरेर भएर रू. २ करोड २० लाख नाफा कमाएको छ । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा ६९ प्रतिशत र सञ्चालन नाफा ४९९ प्रतिशतले वृद्धि भएको हो ।

चुक्तापूँजी रू. ८ करोड ३४ लाख रहेको कम्पनीले जगेडा कोषमा रू. ३ करोड ९६ लाख ५५ हजार सञ्चित गरेको छ । नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । 

अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ४ दशमलव ३० रहेकोमा वृद्धि भएर रू.२६ दशमलव ४६ पुगेको हो ।  कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १४७ दशमलव ५५ र तरलता अनुपात ३ दशमलव ७८ प्रतिशत रहेको छ ।