शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

माधव पक्षको आज केन्द्रीय कमिटी बैठक बस्दै, के छ एजेन्डा ?

बिहिबार, साउन २१ २०७८

काठमाडौं, । नेकपा एमालेको माधव नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक बस्दै छ । आज बस्ने बैठकले सरकारमा जाने अथवा नजाने औपचारिक निर्णय गर्ने नेताहरूले बताएका छन् ।

नेपाल समूहले केन्द्रीय कमिटीबाट औपचारिक निर्णय गरेपछि शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको काम थाल्ने तयारी गरेका छन् । देउवालाई विश्वासको मत नदिएका नेपाल समूहका नेताहरू सरकारमा जान नहुने पक्षमा छन् । उनीहरूले पार्टी एकता गरेर जानुपर्नेमा जोड दिइरहेका छन् ।

तर, तेस्रो तहका नेता तथा सांसदहरू भने सरकारमा सहभागी हुनुपर्ने भन्दै नेता नेपाललाई दबाब दिइरहेका छन् ।
यही द्वन्द्वकाबीच औपचारिक निर्णय गर्न नेपाल समूहले केन्द्रीय कमिटी बैठक डाकेको हो । खनाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक बिहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बस्ने छ ।

खनाल–नेपाल समूह सरकारमा सहभागी भए खनाल–नेपाल समूह र माओवादी केन्द्रलाई बराबरी ६÷६ मन्त्रालय बाँड्ने तयारी भएको छ । जसपालाई ४ तथा कांग्रेसलाई ८ मन्त्रालय पर्ने देखिएको छ ।

सहभागी नहुन ओली पक्षको आग्रह

माधव समूहले आजका लागि बोलाएको  केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन नेताहरुलाई एमाले संस्थापनले आग्रह गरेको हो। 

एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले विज्ञप्ति जारी गरी यही साउन २१ गते पार्टीको कुनै आधिकारिक बैठक नभएको जनाएका छन्।