शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

मंगलबार ७ कम्पनीको शेयरमूल्यमा सर्किट

मंगलबार, साउन १२ २०७८

काठमाडौं – साताको तेस्रो कारोबार दिन मंगलवार कारोबारमा आएका २२४ कम्पनीमध्ये १४ कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । 

मल्टीपर्पस फाइनान्स, युनाइटेड मोदी हाइड्रोपावर, जोशी हाइड्रोपावर,युनाइटेड इदी मार्दी आरबि हाइड्रोपावर,खानीखोला हाइड्रोपावर,हिमालयन उर्जा विकास कम्पनी र युनिभर्सल पावर कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

मञ्जुश्री फाइनान्स,खानीखोला हाइड्रोपावर युनाइटेड मोदी हाइड्रोपावर,जोशी हाइड्रोपावर र युनाइटेड इदि मार्दीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ ।

त्यसैगरी हिमालयन उर्जा विकास कम्पनीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत र युनिभर्सल पावर कम्पनीको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ ।

ती सात ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो । मल्टीपर्पस फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू ४८६ दशमलव २०,खानीखोला हाइड्रोपावरको रू३३४ दशमलव ४०,युनाइटेड मोदीको रू ४७९ दशमलव ६०,जोशी हाइड्रोपावरको रू ३८२ दशमलव ८०,युनाइटेड इदी मार्दीको रू५८९ दशमलव ६०,हिमालयन उर्जा विकास कम्पनीको रू५२३ र युनिभर्सल पावर कम्पनीको रू ४१४ दशमलव ४० पुगेको छ ।

अन्य कम्पनीको विवरण यस्तो छ :

1.jpg