शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सानिमा लाईफले ६० करोड रुपैयाँको साधारण सेयर निष्काशन गर्ने

मंगलबार, साउन १२ २०७८

काठमाडौं ।  सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले बिक्री प्रर्वन्धक प्रभुु क्यापिटल लिमिटेड मार्फत यही साउन २० गतेबाट एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी ६० लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । 

न्युनतम १० देखि अधिकतम ३० हजार कित्तासम्मको खरिद सिमा तोकिएको कम्पनीको सेयर बिक्री कार्य छिटोमा यही साउन २४ गते र ढिलोमा भदौ दुई गते बन्द हुुने छ । अधिकृत पुंजी तीन अर्ब तथा जारी पुंजी दुई अर्ब रुपैयाँ रहेको कम्पनीको हाल चुक्ता पुंजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । साधारण सेयरको बिक्री पश्चात भने कम्पनीको चुक्ता पुंजी दुई अर्ब रुपैयाँ पुुग्ने छ । 

बिक्री गरिने कुुल सेयर मध्येमा पाँच प्रतिसत अर्थात तीन लाख कित्ता कर्मचारीहरुको लागि, पाँच प्रतिसत अर्थात तीन लाख कित्ता सामुुहिक लगानी कोषको लागि र बाँकी रहेको ५४ लाख कित्ता सर्वसाधारणको लागि बिक्री हुुने कम्पनीले जनाएको छ ।