काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार पुन तीन अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
जारी मिती साउन १२ गते तोकिएको ट्रेजरी खरिदको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउनेछन ।
बिक्री गरिने उक्त ट्रेजरीको परिपक्व हुुने अवधि ९१ दिन २०७८ कात्र्तिक नौ गते रहेको छ । यसअघि यही साउन चार गते पनि पाँच अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको राष्ट्र बैंकले जनाएको छ ।