बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

वियोगान्त कथामा प्रस्तुत गरिएको ‘ऐना हेरी हेरी’ सार्वजनिक

आइतबार, साउन १० २०७८

काठमाडौं । ‘ऐना हेरी हेरी’ गीतको अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा पुष्पन प्रधान र एलिना चौहानको युगल गायन रहेको छ । भीम बिसीले संगीतवद्द गरेको यस गीतमा पत्रकार  शिवराज योगीको शब्द रहेको छ । विश्व अधिकारीको गीतमा संगीत संयोजन रहेको छ । 

photo 2 (2).JPG

वियोगान्त कथामा तयार पारिएको यस गीतको म्युजिक भिडियोमा नजिकिदै गएको तिज र कोरोनाको प्रकोप विच रहेको अप्ठ्यारो अवस्थालाई  झल्काइएको छ । भिडियोमा आकाश कार्की र अनु काफ्लेलाई फिचर्ड गरिएको छ । नवराज उप्रेतीको छायाँकन रहेको भिडियोमा सुवोल थापाको कोरियोग्राफी छ । भिडियोको सम्पादन प्रविण भट्टले गरेका हुन् ।

photo 3 (2).JPG 

सविता अधिकारी निर्मात्री रहेको यस भिडियोलाई गम्भिर विष्टको निर्देशनमा तयार पारिएको हो।  निर्मात्री अधिकारी खेलाडी र मोडल समेत हुन् । हाल जापानमा रहेकी निर्मात्री अधिकारीले आफ्नो पहिलो प्रोजेक्टलाई हेरेर प्रतिक्रिया दिन सबै दर्शक, स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेकी छिन् । 
भिडियो लिंक

https://youtu.be/6vOBN-z5wZs