काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको दुई घण्टाको अवधिमा कृषि विकास बैंकको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।
कम्पनीको रू. ३२ करोड १४ लाख ३९ हजार बराबरको शेयर खरीदविक्री भएको हो । बैंकको शेयरमूल्य प्रतिकित्ता रू. ५९६ मा कारोबार भइरहेको छ ।
यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ३६ प्रतिशतले वृद्धि भएको हो । बैंकको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो ।