शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

महालक्ष्मी बिकास बैंकको खुद मुनाफा ७३ करोड २९ लाख 

बुधबार, साउन ६ २०७८

काठमाडौं । महालक्ष्मी बिकास बैंकले आर्थिक बर्ष २०७७–०७८ मा ७३ करोड २९ लाख १६ हजार दुई सय ७० रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा बैकले ४२ करोड ८५ लाख ६४ हजार छ सय ७३ रुपैयाँ खुद मुनाफा कमाएको थियो । 

तीन अर्ब ३४ करोड २४ लाख दुई हजार सात सय २५ रुपैयाँ चुक्ता पुंजी रहेको बैंकले आव २०७७–०७८ ३८ अर्ब ६० करोड ९२ लाख ४९ हजार नौ सय ६६ रुपैयाँ निक्षेप संकलन गरी ३० अर्ब १० करोड ६३ लाख ७४ हजार तीन सय ५७ रुपैयाँ कर्जा प्रवाह गरेको छ । एक अर्ब ५६ करोड ७३ लाख २६ हजार आठ सय ४३ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकको सो अवधिमा तीन दसमलव ३२ प्रतिसत कर्जा निष्क्रिय रहेको छ । यसैगरी चार दसमलव ५३ प्रतिसत स्प्रेड दर रहेको बैंकको बितरणयोग्य नाफा भने ५६ करोड ३८ लाख ५५ हजार नौ सय ५१ रुपैयाँ रहेको छ ।

बैंकले गत आवको सोही अवधिमा भने ३६ अर्ब ९७ करोड ७१ लाख ६९ हजार २७ रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ४३ करोड ८१ लाख १८ हजार छ सय १३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । एक अर्ब ५४ करोड ४१ लाख ६६ हजार पाँच सय ३५ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा उक्त अवधिमा दुुई दसमलव ८० प्रतिसत कर्जा निष्क्रिय रहेको थियो ।