शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेमा पुुन १४ अंकले बृद्धि

सोमबार, साउन ४ २०७८

काठमाडौं । नेप्से १४ अंकले बढेको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज सोमबार पनि १३ दसमलव ९७ अंकले बढेर दुई हजार नौ सय ९४ दसमालव ५८ अंकमा पुग्दा सेन्सिटिभ भने शुन्य दसमलव शुन्य दुुई अंकले घटेर पाँच सय ६० दसमलव ९४ अंकमा झरेको छ ।

दुुई सय १९ वटा कम्पनीहरुको १० लाख सात हजार सात सय ९७ पटकको कारोवारमा तीन करोड ७५ लाख ७१ हजार तीन सय ५४ कित्ता सेयर किनबेच हुंदा आज कुुल कारोवार रकम ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार छ सय सात रुपैयाँ पुुगेको छ । 

आज १३ वटा समुहको कारोवार भएकोमा पाँच वटा समुहको सुचक घटेपनि आठ वटा समुहको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैक समुहको सुुचक १० दसमलव ८४ अंकले बढेर दुुई हजार ६८ दसमलव २२ अंकमा पुग्दा निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, उत्पादनमुलक, अन्य, सामुुहिक लगानी कोष र लगानी समुहरुको सुुचक पनि बढेकाछन ।

बिकास बैंक समुहको सुचक भने १८ दसमलव तीन अंकले घटेर चार हजार आठ सय २९ दसमलव १७ अंकमा झरेकोमा जलबिद्युुत, फाईनान्स, होटल तथा पर्यटन र लघुुबित्त समुहहरुको सुचक पनि घटेकाछन ।  

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सनराईज बैैंकको ऋणपत्र परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा एनआईसी एशिया बैंक परेको छ ।