शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

निता, टेकेन्द्र र बिष्णु फिचर्ड ‘छटपटी’ सार्वजनिक

सोमबार, साउन ४ २०७८

काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश ’छटपटी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । इजरायलमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका गायक, गीतकार तथा संगीतकार राज लिम्बुको यस गीतमा शब्द र संगीत रहेको छ । 

13.JPG

प्रेम सम्बन्धमा आउने उतारचढाव, अविश्वास र पिडालाई समेटेर तयार पारिएको यस गीतलाई दिपक राज बिश्वकर्माले संगीत संयोजन गरेका हुन् । गायक लिम्बु जीवनको यथार्थलाई समेटेर सिर्जना गर्न रुचाउछन् । यसअघि गायक लिम्बुको स्वरमा ‘बुझिदेउ’, ’म पागल’, ‘जलेर खरानी’ लगायतका थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन् । 

14.JPG

वियोगान्त प्रेम कथालाई समेटेर तयार पारिएको यस गीतको  म्युजिक भिडियोमा निता क्षेत्री, टेकेन्द्र कार्की र बिष्णु कट्टेलबिचको त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरिएको छ । इजरायलमा छायांकन गरिएको यस भिडियोलाई सन्तोष माबो (माबो क्रिएशन) को छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो ।

यक लिम्बुको आधिकारिक च्यानल ‘राज लिम्बु’ मार्फत भिडियो सार्वजनिक गरिएको हो ।  विदेशी भूमिमा तयार पारिएको यस भिडियोलाई  दर्शक, स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ । 

भिडियो लिंक

 https://youtu.be/z3-mXr00M0Q