शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

कुमारी बैंकको कामु प्रमुुख कार्यकारीमा तिमिल्सिना

शुक्रबार, साउन १ २०७८

काठमाडौं । कुमारी बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको पदमा अनुज मणि तिमिल्सिना नियुक्त भएकाछन । बैंक सञ्चालक समितीको यही असार ३१ गते बसेको सञ्चालक समितीको बैठकले अर्को निर्णय नभएसम्मको बैंककै बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत तिमिल्सिनालाई कामु प्रमुख कार्यकारीको जिम्वेवारी सुम्पिएको हो । 
यसअघि बैकको प्रमुुख कार्यकारी अधिकृतको पदमा सुरेन्द्र भण्डारी रहेका थिए । भण्डारीको कार्यकाल यही असार ३१ गते समाप्त भएपछि सोही दिनदेखि नै कार्यान्वयनमा आउनेगरी तिमिल्सिनालाई कामु प्रमुुख कार्यकारीको जिम्वेवारी दिईएको बैंकले जानकारी दिएको छ ।