शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सिभिल बैंकको सर्वाधिक ब्याजदर सहितको दुई नयाँ आकर्षक निक्षेप योजनाहरु

शुक्रबार, साउन १ २०७८

काठमाडौं । सिभिल बैंक लिमिटेडले सर्वाधिक ब्याजदर उपलब्ध गराउने दुई नयाँ निक्षेप योजनाहरु– सुपर प्रिमियम वचत खाता र खुत्रुके खाता (रिकरिंग डिपोजिट) ल्याएको छ । न्युनतम मौज्दात २५ हजार रुपैयाँ रहेको “सुपर प्रिमियम वचत खाता” मा बैंकले वार्षिक छ दसमलव एक प्रतिशतको सर्वाधिक ब्याजदर सहित “मेटलाईफ” संगको सहकार्यमा छ वटा घातक रोगहरु (मेजर क्यान्सर, मेजर स्ट्रोक्स, पहिलो हृदयघात, पल्मनरी हाइपरटेन्सन, हार्ट भल्भ सर्जरी तथा कोरोनरी आर्टेरी डिजिज) को दुुई लाख रुपैयाँसम्मको निःशुल्क औषोधपचार वीमा सुविधा प्रदान गर्नेछ साथै निःशुल्क मोवाईल बैंकिङ, इन्टरनेट बैंकिङ, एटीएम कार्ड, एसएमएस बैंकिङ् सेवा पनि प्रदान गर्नेछ ।

Civil Bank photo 3.jpeg

त्यसैगरी खुत्रुके खाता (रिकरिंग डिपोजिट) मा अन्य बैंकहरुले प्रदान गरिरहेको रिकरिंग डिपोजिटहरुमा जस्तै सर्त तथा बन्देजहरु नराखी बचत गर्न चाहने ग्राहकले दुईबर्ष देखि दश बर्षसम्मको अवधि चयन गरेर मासिक न्युनतम पाँच सय देखि माथि संचय गर्दै जान सक्नेछन्, कुनै महिनामा कुनै कारणबस जम्मा गर्न असमर्थ भएमा पनि कुनै किसिमको पेनाल्टी नतिरी आफुले निर्धारण गरेको समय सिमापश्चात सावाँ तथा ब्याजको एक मुष्ठ भुक्तानी पाउनेछन । अझ यस खातामा सुपर प्रिमियम बचत खातामा भन्दा एक प्रतिशत थप ब्याज प्रदान गरिनेछ । केहिगरी अवधिको बीचमा आकस्मिक कारणले रकम आवष्यक भएमा संचित रकमको ७० प्रतिशत ऋणमा नै बिना झन्झट रकम निकाल्न सकिन्छ ।

Civil Bank photo 1.jpeg
यसको अतिरिक्त बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा पनि आठ दसमलव ७१ प्रतिशतको सर्वाधिक ब्याजदर पनि प्रदान गर्दै आईरहेको छ । विद्यमान कोरोना संक्रमणबाट सिर्जित कठिन अवस्थामा अन्य वित्तीय संस्थाहरुद्वारा निक्षेपमा प्रदान गरिएको ब्याजदरको तुलनामा ग्राहकको मेहनतको कमाईलाई कदर गर्दै आकर्षक ब्याज प्रदान गरिएको कारणले ग्राहकहरु लाभान्वित हुने कुरा बैैंकका प्रमुख डिपोजिट तथा ट्रान्जेक्सन बैंकिग भोला ब. विष्टले बताए । 
जेष्ठ मसान्त सम्म निक्षेपतर्फ २८ अर्ब ७९ करोड अर्थाँत ४७ दसमलव ८८ प्रतिसत र कर्जातर्फत २९ अर्ब ७६ करोड अर्थात ५५ दसमलव २८ प्रतिसत वृद्धि गर्न सफल भएको सिभिल बैंकको वृद्धि प्रतिशत अन्य वाणिज्य बैंकहरुको वृद्धि प्रतिशतको तुलनामा सबैभन्दा बढी रहेको छ । त्यसैगरी बैंकले यस आर्थिक वर्षमा निष्क्रिय कर्जाको अनुपातमा समेत उल्लेख्य सुधार गरी एक दसमलव १३ प्रतिसतमा सिमित गर्न सफल भएको छ । गत असार मसान्तमा उक्त अनुपात दुुई दसमलव ३८ प्रतिसत रहेको थियो । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा÷योजनाहरु प्रदान गर्दै जाने पनि बताएको छ ।