काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको साढे दुई घण्टाको अवधिमा गोर्खाज फाइनानस कम्पनीको सर्वाधिक शेयर खरीद विक्री भएको छ ।
उक्त कम्पनीको रू. ३२ करोड ४१ लाख ५८ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।उक्त अवधिमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार २१५ मा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ३० रुपैयाँले वृद्धि भएको हो ।
कम्पनीले विगतका त्रैमासिक रिर्पोटमा उल्लेख्य मुनाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेसँगै आकर्षक लाभांशको अपेक्षाले पनि शेयरमा लगानीकर्ताको आकर्षण बढेको देखिएको छ ।