काठमाडौं । धितोपत्र बजारमा यस साता आधा दर्जनभन्दा बढी बैंक तथा फाइनान्स कम्पनीहरुको बोनस तथा हकप्रद सेयर सूचीकरण भएको छ । नेप्सेका अनुसार यस साता विभिन्न ८ कम्पनीकाे बाेनस सेयर र एक कम्पनीकाे प्राप्ति हुँदाकाे सेयर नेप्सेमा सूचिकृत भएको हाे ।
स्वाेराेजगार लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १२.३९ प्रतिशत बाेनस बापतकाे ४ लाख ५३ हजार ४ सय २१ दशमलव ७७ कित्ता सेयर सूचिकृत भएको छ । यसैगरी महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे एक लाख ३३ हजार एक सय कित्ता सेयर सूचिकृत भएको छ भने निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १३ प्रतिशत बाेनस बापतकाे १९ लाख ५० हजार कित्ता सेयर सूचिकृत भएको छ ।
यीबाहेक मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई गाभ्दा बखतको कल इन एडभान्स बापतको २४ हजार ७ सय ९६ दशमलव ८० कित्ता संस्थापक सेयर नेप्सेमा सूचिकृत भएकाे छ र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडकाे ५ प्रतिशत बाेनस बापतकाे १३ लाख ३ हजार ३ सय २० दशमलव २० कित्ता सेयर सूचिकृत भएको छ ।
नेशनल माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २१ प्रतिशत बाेनस बापतकाे ५ लाख ५४ हजार ४ सय ९५ दशमलव ०२५ कित्ता सेयर सूचीकृत भएकाे छ साथै सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ३.५ प्रतिशत बाेनस बापतकाे ८१ हजार ८ सय ७६ दशमलव ७९५ कित्ता सेयर सूचिकृत भएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडकाे ५ प्रतिशत बाेनस बापतकाे १३ लाख ३ हजार ३ सय २० दशमलव २० कित्ता सेयर सूचिकृत भएको छ र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ९.१९९८ प्रतिशत बाेनस बापतकाे ३ लाख ६४ हजार ४ सय ४८ दशमलव ३५ कित्ता सेयर सूचिकृत भएको छ भने यस सातामा एकमात्र इन्स्याेरेन्स कम्पनी एभरेष्ट इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ८ प्रतिशत बाेनस बापतकाे ८ लाख ७६ हजार ७ सय ४४ कित्ता सेयर सूचिकृत भएकाे छ ।