काठमाडौं । साताको अन्तिम कारोबार दिन बजार बढेसँगै गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्ससहित ६ ओटा कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।
६ ओटा कम्पनीमध्ये सबैभन्दा बढी गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ४७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू ४७४ कायम भएको छ ।
त्यसैगरी, जोशी हाइड्रोपावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ५ दशमलव ७७ प्रतिशत, घलेम्दी हाइड्रोपावरको ५ दशमलव ६६ प्रतिशत, युनियन हाइड्रोपावरको ५ दशमलव २८ प्रतिशत, मल्टीपर्पस फाइनान्सको ५ दशमलव शून्य ९ प्रतिशत र सिभिल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५ प्रतिशतले वृद्धि भएको हो ।
बजार बढ्न थालेसँगै विक्रेताभन्दा खरीदकर्ता धेरै भएकाले शेयर मूल्य बढेको हो । जोशी हाइड्रोपावरको शेयरमूल्य रू २७५, घलेम्दी हाइड्रोको रू २८०, युनियन हाइड्रोपावरको रू ३५९, मल्टीपर्पस फाइनान्सको रू ३५१ र सिभिल लघुवित्त वित्तीय संस्थाको रू १ हजार ६८० पुगेको हो ।