शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

झण्डै २४ अंकले बढ्यो नेप्से

बिहिबार, असार २४ २०७८

काठमाडौं । साताको अन्तिम कारोवार दिन आज बिहिबार झण्डै २४ अंकले बढेको छ । नेप्से आज २३ दसमलव ७६ अंकले बढेर २८ सय २४ दसमलव ८९ अंकमा पुग्दा सेन्सिटिभ पनि चार दसमलव ४१ अंकले बढेर पाँच सय २९ दसमलव ६६ अंकमा चढेको छ । दुुई सय २३ वटा कम्पनीहरुको ५१ हजार आठ सय ६८ पटकको कारोवारमा एक करोड ३१ लाख ४३ हजार दुुई सय ४० कित्ता सेयर खरिद किनबेच हुंदा आज कारोवार रकम चार अर्ब ८१ करोड ५५ लाख २० हजार दुई सय ९४ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहको हुंदा ट्रेडिङ र अन्य समुहले गुमाएकाछन भने बाँकी ११ वटा समुहले कमाएकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १७ दसमलव ८१ अंकले बढेर १९ सय २७ दसमलव ४४ अंकमा पुग्दा जलबिद्युुत समुहको सुचक ५२ दसमलव छ अंकले बढेर २७ सय २८ दसमलव आठ अंकमा चढेको छ । यि बाहेक बिकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, सामुहिक लगानी कोष र लगानी समुहको सुचकहरु पनि बढेकाछन । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गुह्ेश्वरी मर्चेन्ट फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कर्पोरेट डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल बैंक परेको छ ।