शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेको ओरालो यात्रा कायमै, ५ दसमलव २४ अंकले घट्यो मंगलबार

मंगलबार, असार २२ २०७८

काठमाडौ l नेप्से आज मंगलबार पनि घटेको छ । नेप्से आज पाँच दसमलव २४ अंकले घटेर २८ सय १८ दसमलव १० अंकमा झरेकोमा सेन्सिटिभ पनि एक दसमलव ९७ अंकले घटेर पाँच सय २६ दसमलव ७५ अंकमा झरेको छ । दुई सय २० वटा कम्पनीहरुको ४६ हजार तीन सय १० पटकको कारोवारमा एक करोड एक लाख ३५ हजार दुई सय नौ कित्ता सेयर किनबेच हुंदा कुल कारोवार रकम चार अर्ब २२ करोड ४० लाख १८ हजार दुई सय ५५ रुपैयाँ पुगेको छ ।

 
१३ वटा समुहको कारोवार हुंदा आज पाँच वटा समुहको सुचक बढेकाछन भने आठ वटा समुहको सुचक घटेकाछन । सो मध्ये आज बाँणिज्य बैंक समुहको सुचक तीन दसमलव ६७ अंकले बढेर १९ सय १३ दसमलव ३३ अंकमा पुग्दा निर्जिवन बीमा, जीवन बीमा, उत्पादनमुलक र लघुबित्त समुहको सुचक पनि बढेकाछन । बिकास बैंक समुहको सुचक भने एक दसमलव ७२ अंकले घटेर चार हजार दुई सय ११ दसमलव २८ अंकमा झरेकोमा जलबिद्युत, टे«डिङ, फाईनान्स, होटल तथा पर्यटन, अन्य, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा राष्ट्रिय बीमा कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा हिमालयन डिष्ट्रिलरी प्राली परेको छ ।