काठमाडौं । नेपाल फाईनान्स र ललितपुर फाईनान्सले यही असार २७ गतेबाट एकीकृत कारोवार सञ्चालन गर्ने तयारी गरेकाछन । नेपाल फाईनान्सले ललितपुर फाईनान्सलाई प्राप्ती गरी एकीकृत कारोवार सञ्चालन गर्न लागेको हो ।
यही असार १५ गते नेपाल राष्ट्र बैंक एकीकृत कारोवारको लागि अन्तिम स्वीकृती पाएको र कम्पनी रजिष्टर्डको कार्यालयबाट पनि यही असार १८ गते एकीकृत कारोवारको लागि स्वीकृती पाएको हो । सोही आधारमा यही असार २७ गतेबाट ललितपुर फाईनान्सलाई प्राप्ती गरेर एकीकृत कारोवार सञ्चालन गर्न लागेको नेपाल फाईनान्सले जनाएको छ ।
