काठमाडौं । भोलि सोमबार नेपाल राष्ट्र बैंकले नौ अर्ब १० करोड रुपैयाँको ट्रेजरी जारी गर्ने भएको छ । सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी जारी गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ । यही असार २२ गते जारी मिती तोकिएको ट्रेजरी बैंक तथा बित्तीय संस्थाहरुले खरिद गर्न सक्नेछन ।
राष्ट्र बैंकका अनुसार यसरी बिक्री गरिने कुुल ट्रेजरी मध्ये ९१ दिने अवधिको नौ अर्ब १० करोड रुपैयाँ रहेको छ । जसमध्ये १० करोड रुपैयाँको ट्रेजरी पुरानो नविकरण अन्र्तगतको र बाँकी नौ अर्ब रुपैयाँको ट्रेजरी भने नयाँँ रहेको छ ।
परिपक्व हुुने अवधि २०७८ असोज १९ गते तोकिएको छ ।
गत सात अर्थात यही असार १४ गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको ११ अर्ब १० करोड र एक सय ८२ दिने अवधिको १० अर्ब रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो ।