शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

ज्योति विकास बैंकको ज्योति विकास बैंक बोन्ड २०८७ ऋणपत्र निष्काशन

आइतबार, असार २० २०७८

काठमाडौं ।  ज्योति विकास बैंकले २०७८ असार २० गते देखि  एक हजार अंकित दरका १५ लाख कित्ताले हुन आउने एक अर्ब ५० करोड करोड रुपैयाँको ज्योति विकास बैंक बोन्ड २०८७ ऋणपत्र निष्काशन खुल्ला गरेको छ । बैंकले निष्काशनको निमित्त एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ । 

वार्षिक नौ प्रतिसतका ब्याजदरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गर्ने गरी १० वर्ष अवधिको लागि ऋणपत्र निष्काशन गरिएको हो । एक अर्ब ५० करोड रुपैयाँ मध्ये सर्वसाधारण लगानीकर्ताहरुका लागि ६० करोड र व्यक्तिगत, विभिन्न संघसंस्थाहरुका लागि ९० करोड निष्काशन तथा बिक्री खुल्ला गरेको हो  । उक्त ऋणपत्रमा न्युनतम आवेदन २५ कित्ता देखि अधिकतम आवेदन सम्पूर्ण कित्ता रहेको छ । लगानीकर्ताहरुले यस ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सिआस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । 
बैंकले हाल एक सय पाँच वटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।