शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सामाजिक सुरक्षा कोष बिरुद्ध हिमालायन बैंकका कर्मचारीहरुको आन्दोलन घोषणा, तत्काल कोषको विनियावली संशोधन गर्न माग

बिहिबार, असार १७ २०७८

काठमाडौं । सरकारले कर्मचारीहरुको हक हितका लागि ल्याएको सामाजिक सुरक्षा कोषका विरुद्ध हिमालयन बैकका कर्मचारीहरुले आन्दोलनको घोषणा गरेका छन् । २०७७ साल असार १५ गते हिमालयन कर्मचारी युनियनको नेतृत्वमा सामाजिक कोष बिरुद्ध आन्दोलनमा उत्रेका हुन् । बैंकको केन्द्रिय कार्यालय कमलादी, मुख्य शाखा ठमेल, पाटन, महरागञ्ज लगायतका आधा दर्जनभन्दा बढी कार्यालयहरुमा कर्मचारी युनियनको नेतृत्वमा कर्मचारीहरु सांकेतिक रुपमा कालो ब्यानर सहित बिरोधमा उत्रेका छन् ।

सामाजिक सुरक्षा कोष बिरुद्ध अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले विरोध शुरु गरिसकेका छन् । असार मसान्तअघि नै दर्ता हुन सामाजिक सुरक्षा कोषले पत्र काटेपछि बैंक तथा वित्तीय संस्थाका कर्मचारी आन्दोलित भएका हुन । उनीहरुले बिहान कार्यालय खुल्ने बेलामा आफ्नो बैंकको अगाडि बिरोधको कार्यक्रम गरेका छन् । माछपुच्छ«े बैंक, नेपाल बंगलादेश ९एनबी० बैंक, नबिल बैंक, मेगा बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक र सिभिल बैंकमा विरोध व्यानर राखेर आन्दोलन शुरु भएको छ ।  
बैंकका कर्मचारीहरु पनि अनिवार्यरूपमा सामाजिक सुरक्षा कोषमा आउन भनिएपछि उनीहरु आन्दोलित भएका हुन् । उनीहरुका अनुसार, आफ्नो अहिलेसम्म कमाएको पैसा बुझाउनुपर्ने, बुझाएपछि फिर्ता नआउने, पेन्सन आएपनि मूल धन डुब्ने छ ।

 

Himalayan Bank photo 2.jpg

कोषको विनियावलीमा रहेको पेन्सन गणना विधि र ६० वर्षपछि मात्र कोषको रकम झिक्न पाइने व्यवस्था बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले धेरै चित्त नबुझाएका बुँदाहरु हुन । समस्या समाधान नभए आन्दोलनलाई कडा बनाउने र कोषका विरुद्ध अदालतमा मुद्दा हाल्ने तयारी भइरहेको हिमालयन बैंक कर्मचारी युनियनका अध्यक्ष गौतम भण्डारीले कर्मचारीले जानकारी दिए । 

सामाजिक सुरक्षा कोषले ल्याएको ऐन र कार्यविधि बिच धेरै अस्पष्टता रहेकोले पटक पटक कोषको ध्यानाकर्षण गराउदा पनि कोषले जसरी पनि कोषमा आबद्ध हुने हुंकार गरिरहेकोले यस बिरुद्धको कडा आन्दोलनका लागि बैंक कर्मचारीहरुले संकेत जनाएको अध्यक्ष भण्डारीले बताए ।  तत्काल सामाजिक कोषको विनियावली संशोधन गर्न बैंक तथा बित्तिय कर्मचारीहरुले माग गरेकोले यो आन्दोलन ससक्त रुपमा अघि बढेको भण्डारीको दाबी छ ।