शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

माछापुच्छ्रे बैंकको नयाँ शाखा सिरहा जिल्लामा

बिहिबार, असार १७ २०७८

काठमाडौं । माछापुच्छ्रे बैंकले प्रदेश नंं २ को सिरहा जिल्लामा सिरहा शाखा कार्यालयको समुद्घाटन गरी बुधबारबाट सेवा सञ्चालनमा ल्याएको छ । सिरहा जिल्लाको सदरमुकाम सिरहा बजारमा सञ्चालनमा ल्याईएको उक्त शाखा कार्यालयको माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. बिरेन्द प्रसाद महतोे एंव सिरहा नगरपालिकाका नगर प्रमुख अशेश्वर यादवले संयुक्तरुपमा  समुद्घाटन गरेका हुुन । सिरहा जिल्लाको सदरमुकाम सिरहाबजारमा खोलिएको नयाँ शाखा सगैं सिरहा जिल्लामा मात्रै बैंकको छ वटा शाखा सञ्चालनमा रहेको छ  ।

बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवाविस्तार गर्दै आएको छ । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउदैँ आएको छ । 

बैकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६१ वटा शाखाहरु र १६५ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा ३२६ स्थानवाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०० वटा भन्दा बढी एटीएमहरु तथा ५ वटा एक्टेन्सन काउन्टर संचालनमा रहेकाछन् ।