शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

युनियन लाइफले ६४ करोड ५० लाख रुपैयाँको साधारण निष्काशन गर्ने

बिहिबार, असार १७ २०७८

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले ६४ करोड ५० लाख रुपैयाँको साधारण सेयर निष्काशन गर्ने भएको छ । यही असार २४ गतेबाट एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी ६४ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । 
बिक्री प्रबन्धककोरूपमा प्रभुु क्यापिटल लिमिटेड रहेको कम्पनीको सेयर बिक्री कार्य छिटोमा असार २८ गते र ढिलोमा साउन सात गते बन्द हुुने छ । खरिदकर्ताहरुले न्युनतम १० देखि अधिकतम तीन हजार दुुई सय ५० कित्तासम्मको सेयर खरिदका लागि आवेदन दिन सक्नेछन । बिक्री गरिने कुुल सेयर मध्येमा पाँच प्रतिसत अर्थात तीन लाख २२ हजार पाँच सय कित्ता कर्मचारीहरुको लागि, पाँच प्रतिसत अर्थात तीन लाख २२ हजार पाँच सय कित्ता सामुुहिक लगानी कोषको लागि र बाँकी ५८ लाख पाँच हजार कित्ता भने सर्वसाधारणको लागि छुुट्ईएको बिक्री प्रर्वन्धक प्रभुु क्यापिटलले जानकारी दिएको छ । 
हाल अधिकृत पुंजी दुई अर्ब १५ करोड रुपैयाँ रहेको कम्पनीको जारी पुंजी पनि दुई अर्ब १५ करोड रुपैयाँ नै रहेको छ ।