शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

एकै दिन ४७ अंकले घट्यो नेप्से

मंगलबार, असार १५ २०७८

काठमाडौं । नेप्से एकैदिन ४७ अंकले घटेको छ । आज मंगलबार नेप्से ४७ दसमलव ४९ अंकले घटेर २८ सय २८ अंकमा पुग्दा सेन्सिटिभ पनि नौ दसमलव ८७ अंकले घटेर पाँच सय २३ दसमलव ७० अंकमा पुुगेको छ । दुुई सय २३ वटा कम्पनीहरुको ७५ हजार आठ सय ८० पटकको कारोवारमा एक करोड ४० लाख ४४ हजार तीन सय ८१ कित्ता सेयर किनबेच हुुंदा कारोवार रकम छ अर्ब ७२ करोड ६३ लाख ६१ हजार आठ सय ६९ रुपैयाँ पुुगेको छ ।  

आज १३ वटा समुहको कारोवार भएकोमा लघुबित्त समुहको सुचक बढेर बाँकी १२ वटा समुहको सुचक घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २६ दसमलव ४४ अंकले घटेर १९ सय २३ दसमलव ९९ अंकमा पुुग्दा बिकास बैंक, जलबिद्युुत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेकाछन ।  

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा ओरन्टल होटल समुह परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा प्रोग्रेसिभ फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा राधी जलबिद्युुत कम्पनी परेको छ ।