बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

मार्र्यो मार्र्यो लिएर आए अभय ढुङ्गेल र रेश्मा सुनुवार

मंगलबार, असार १५ २०७८

काठमाडौं ।  नेपाली लोक गीतको बजारमा संधै नयाँ–नयाँ लोक खुराक दीईरहन माहिर मानिएका गायक अभय ढुंगेलले पछिल्लो समय फरक स्वादको गीत आफ्ना दर्शक श्रोता माझ पेश गरेकाछन । 
आर्टिस्ट नेपालको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको नयाँ गीत मार्र्यो–मार्र्योे फरक स्वाद रहेको र आम दर्शक श्रोताले मन पराउने गायक अभय ढुंगेल बताउछन् । अभय ढुंगेल र गायिका रेश्मा सुनुवारको स्वरमा रहेको यो गीतलाई गायक अभय ढुंगेलले नै शब्द लेखेका हुन् भने संगीत पनि उनकै रहेको छ ।

maryo maryo - avay dhungel - reshma sunuwar - shankar bc kabita neupane - music video  (1).jpg

बाबु प्रधानको संगीत संयोजन रहेको गीत मिक्सिङको कार्य भने महेश्वरमान राजभण्डारीले गरेका छन् । शंकर बिसिको निर्देशन साथै कोरियोग्राफी रहेको भिडियोलाई, शंकर बिसी र कबिता न्यौपानेले दमदार बनाएका छन् । 
अमेरिका बसाइको क्रममा समय समयमा आफ्ना सिर्जना सार्वजनिक गर्ने गरेका गीतकार, संगीतकार,गायक अभय ढुंगेलले गीति लेखनको निरन्तरतामा अर्को नयाँ प्रयास स्वरूपको गीत मार्र्यो–मार्र्यो सार्वजनिक गरेका हुन् । कोरोना महामारीले गर्दा मानिसहरु थुनिनु परेको अवस्थामा गीतकार ढुंगेलले, शब्द सिर्जनामार्फत आफूलाई सक्रिय बनाएका हुन् । 

maryo maryo - avay dhungel - reshma sunuwar - shankar bc kabita neupane - music video  (3).jpg
भिडियो लिंक

https://www.youtube.com/watch?v=xLmd6ouWARU

maryo maryo - avay dhungel - reshma sunuwar - shankar bc kabita neupane - music video  (4).jpg

maryo maryo - avay dhungel - reshma sunuwar - shankar bc kabita neupane - music video  (2).jpg