शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

एमबाप्पेका भाइ इथेनले गरे पीएसजीसँग नयाँ सम्झौता

शनिबार, असार १२ २०७८

काठमाडौं । स्टार स्ट्राइकर केलियन एमबाप्पेका भाइ इथेन एमबाप्पेले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग नयाँ सम्झौता गरेका छन् । पीएसजीले शुक्रबार इथेनले क्लबसँग नयाँ सम्झौता गरेको जनाएको छ ।

पीएसजीले सन् २०२४ सम्मको लागि इथेनले क्लबसँग सम्झौता गरेको जनाएको छ ।

१५ वर्षीय इथेन सेन्ट्रल मिडफिल्डर हुन् । उनी पीएसजीको यू-१४ टिममा महत्वपूर्ण सदस्य हुन् ।

यस्तै अर्का युथ खेलाडी सेन्नी मायुलुले पनि क्लबसँग नयाँ सम्झौता गरेको पीएसजीले जनाएको छ ।

mbape2.JPG