शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

युरोकप : स्विडेन समूह विजेता, पोल्याण्ड बाहिरियो

बिहिबार, असार १० २०७८

काठमाडौँ । स्विडेन समूह विजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह चरणको अन्तिम खेलमा बुधबार राति पोल्याण्डलाई ३-२ गोल अन्तरले पराजित गर्दै स्विडेन समूह विजेता बनेको हो ।

रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा स्विडेनलाई जित दिलाउन इमिल फोर्सवर्गले दुई गोल गरे । भिक्टर क्लेसनको नाममा एक गोल रह्यो ।

swi6.JPG

पोल्याण्डका रोबर्ट लेवान्डोस्कीले दुई गोल फर्काए ।

खेलको दोस्रो मिनेटमा फोर्सवर्गले गोल गर्दै स्विडेनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको १७ औं मिनेटमा पोल्याण्डका लेवान्डोस्कीले गोलको सुनौलो अवसर गुमाए । उनको हेडर बल क्रसबारमा लाग्दै फर्किएको थियो । रिबाउन्डमा आएको बलमा उनको दोस्रो हेडर प्रहार पनि पोस्टमा लागेर फर्किएको थियो ।

खेलको ५९ औं मिनेटमा फोर्सवर्गले व्यक्तिगत दोस्रो गोल गर्दै स्विडेनलाई २-० को अग्रता दिलाए ।

६१ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै पोल्याण्डलाई २-१ को स्थितिमा ल्याए ।

swi.JPG

खेलको ८४ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै पोल्याण्डलाई २-२ को बराबरीमा ल्याए ।

तर, खेलको इन्जुरी समयमा भिक्टरले गोल गर्दै स्विडेनलाई ३-२ गोलको जित दिलाए ।

यस जितसँगै समूह ‘ई’ को स्विडेनले ३ खेलमा ७ अंक जोड्यो । र, समूहको शीर्ष स्थानमा रह्यो ।

पोल्याण्डले ३ खेलमा १ अंक जोड्यो । पोल्याण्ड समूह चरणबाटै बाहिरिएको छ ।

swi2.JPG

swi3.JPG

swiden1.png

swiden.JPG

swi1.JPG