शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

मास्चिरानोको कीर्तिमानसँग अर्जेन्टिनाका मेस्सीको बराबरी

मंगलबार, असार ८ २०७८

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले राष्ट्रको लागि सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमानीसँग बराबरी गरेको छ ।

मेस्सीले पूर्व मिडफिल्डर जेभियर मास्चिरानोको नाममा रहेको १ सय ४७ खेलको कीर्तिमानसँग बराबरी गरेका हुन् ।

ब्राजिलमा जारी कोपा अमेरिका अन्तर्गत मंगलबार बिहान पाराग्वेसँगको खेलसँगै मेस्सीले मास्चिरानोको कीर्तिमानसँग बराबरी गरेका हुन् ।

उक्त खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १-० ले हराएको छ । र, अर्जेन्टिना क्वाटरफाइनलमा पुगेको छ ।

३३ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि १ सय ४७ खेलमा ७३ गोल गरेका छन् ।

अब मेस्सीले बोलाभियासँगको खेलसँगै देशका लागि सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमान बनाउने छन् ।

३७ वर्षीय मास्चिरानोले २०१८ मा अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरिसकेका छन् ।