काठमाडौं । नेपाल राष्ट्र बैकले पुुन १० अर्ब रुपैयाँको बिकास ऋणपत्रको बिक्री खुल्ला गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार असार आठ गते मंगलबार छ बर्षे अवधिको बिकास ऋणपत्र २०८४ “च” बिक्री गर्न लागिएको हो ।
बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले सो दिन अपरान्ह तीन बजेसम्म उक्त ऋणपत्र खरिदको लागि आवेदन दिन सक्नेछन । निष्काशन मिती २०७८ असार नौ गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी अवधि बिसं २०८४ असार नौ रहेको छ । खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाईने छ भने खरिद गरिएको ऋणपत्रमा अर्धबार्षिकरुपमा व्याज भुक्तानी हुुने र आर्जित व्याजदरमा व्याजकर समेत लाग्ने छ ।
खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्ने राष्ट्र बैंकले जनाएको छ । बिक्री गरिने कुुल ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड र एक अर्ब ५० करोड छुट्ट्याइएको छ ।
राष्ट्र बैंकका अनुसार खरीद गर्न पाउने सीमा न्युनतम सिमा ५० हजार र अधिकतममा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सकिने छ । खरिद गरिएको ऋणपत्रको दोस्रो बजार कारोवार नेपाल स्टक एक्सचेन्ज मार्फत हुुने राष्ट्र बैंकले जानकारी दिएको छ ।