शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सोमबार २६ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिक्री गर्दे राष्ट्र बैंक

आइतबार, असार ६ २०७८

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार २६ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ  । सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न लागिएको हो, राष्ट्र बैंकले भनेको छ । 
राष्ट्र बैंंकका असार आठ गते जारी मिती तोकिएको ट्रेजरी खरिदको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । सो ट्रेजरी मध्ये २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको ११ अर्ब ५३ करोड र एक सय ८२ दिने अवधिको १० अर्ब रुपैयाँको रहेको छ । सो मध्ये २८ दिने अवधिको परिपक्व हुुने अवधि २०७८ साउन पाँच गते, ९१ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७८ असोज पाँच गते र एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७८ पुस छ गते तोकिएको छ । 
उक्त ट्रेजरी मध्येमा १९ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी नयाँ रहेको र बाँकी सात अर्ब ५० करोड रुपैयाँको ट्रेजरी पुरानो नविकरण अन्र्तगतको रहेको छ । यसअघि यही जेठ ३१ गते पनि राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।