शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

अर्जेन्टिनाको जित, कप्तान मेस्सीको पासमा रोड्रिगेजको निर्णायक गोल

शनिबार, असार ५ २०७८

काठमाडौं । अर्जेन्टिनाले ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा पहिलो जित निकालेको छ ।

शनिबार बिहान भएको खेलमा उरुग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले प्रतियोगितामा पहिलो जित निकालेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन गुइडो रोड्रिगेजले निर्णायक गोल गरे ।

argentina1.JPG

खेलको १३ औं मिनेटमा रोड्रिगेजले निर्णायक गोल गरेका हुन् । उनले कप्तान लियोनल मेस्सीको पासलाई सदुपयोग गरे ।

जितसँगै समूह ‘ए’ को अर्जेन्टिनाले २ खेलमा ४ अंक जोडेको छ । अर्जेन्टिना शीर्ष स्थानमा रहेको छ ।

पहिलो खेलमा अर्जेन्टिनाले चिलीसँग १-१ गोलको बराबरी खेलेको थियो ।

उरुग्वेको यो पहिलो खेल हो । उरुग्वेले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

उरुग्वे समूहको चौंथो स्थानमा रहेको छ ।

argentina.JPG

argentina3.JPG

argentina2.jpg

argent.JPG

argen.JPG

arge.JPG

arg.JPG