शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

कोपा अमेरिका : चिलीको पहिलो जित

शनिबार, असार ५ २०७८

काठमाडौं । चिलीले ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा पहिलो जित निकालेको छ ।

शनिबार बिहान भएको खेलमा बोलिभियालाई १-० गोल अन्तरले पराजित गर्दै चिलीले पहिलो जित निकालेको हो ।

चिलीलाई जित दिलाउन बेन ब्रेरेटोनले निर्णायक गोल गरे ।

खेलको दशौँ मिनेटमा बेनले निर्णायक गोल गरेका हुन् । उनले एड्वार्डो भेर्गासको पासमा गोल गरेका हुन् ।

जितसँगै समूह ‘ए’ को चिलीले २ खेलमा ४ अंक जोडेको छ । चिली समूहको दोस्रो स्थानमा रहेको छ ।

पहिलो खेलमा चिलीले अर्जेन्टिनासँग १-१ गोलको बराबरी खेलेको थियो । अर्जेन्टिना शीर्ष स्थानमा रहेको छ ।

पुछारमा रहेको बोलिभियाको यो लगातार दोस्रो हार हो ।

a8.JPG

a6.JPG