शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

युरोकप : फोर्सबर्गको गोलमा स्विडेनको पहिलो जित

शनिबार, असार ५ २०७८

 काठमाडौं । स्विडेनले १६ औं संस्करणको युरोकप फुटबलमा पहिलो जित निकालेको छ ।

समूह चरणको दोस्रो खेलमा शुक्रबार स्लोभाकियालाई १-० गोल अन्तरले पराजित गर्दै स्विडेनले पहिलो जित निकालेको हो  ।

रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा स्विडेनलाई जित दिलाउन इमिल फोर्सबर्गले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७७ औं मिनेटमा फोर्सबर्गले पेनाल्टीबाट गोल गरेका हुन् ।

8.JPG

स्लोभाकियाका गोलकिपर मार्टिनले रोबिनलाई पेनाल्टी क्षेत्रमा फउल गर्दै लडाएपछि स्विडेनले पेनाल्टी पाएको थियो । जसमा फोर्सबर्गले सहजै गोल गरे ।

यस जितसँगै समूह ‘ई’ मा रहेको स्विडेनले २ खेलमा ४ अंक जोडेको छ । स्विडेनले नकआउट चरणमा पुग्ने सम्भावना बलियो समेत बनाएको छ ।

5.JPG

स्विडेनले पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरी खेलेको थियो । समूहको स्विडेन शीर्ष स्थानमा रहेको छ ।

स्लोभाकियाको यो पहिलो हार हो । पहिलो खेलमा स्लोभाकियाले पोल्याण्डलाई २–१ गोल अन्तरले हराएको थियो ।

दोस्रो स्थानको स्लोभाकियाले २ खेलमा ३ अंक जोडेको छ ।

1.JPG

4.JPG

2.JPG