सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न सामान बरामद

शुक्रबार, असार ४ २०७८

बारा । विभिन्न मिति र स्थानबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको करिब १४ लाख १० हजार ८ सय १५ रूपैयाँ बराबरको विभिन्न सामान प्रहरीले बरामद गरेको छ । 
जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले उक्त रुपैयाँ बराबरको लत्ताकपडा, २ वटा मोटरसाइकल, १वटा जिप, एक्स–रे मेसिन र चिनी वेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो ।
बरामद सामान आवश्यक कारवाहीको लागि मुल भंसार कार्यालय वीरगंजमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।