सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

अबैध लागूऔषध चरेस सहित पक्राउ

शुक्रबार, असार ४ २०७८

दार्चुला । मार्मा गाउँपालिका–३ लटिनाथ बजारमा खुद्रा पसल गरी बस्ने सोही गाउँपालिका–४ घर भएका ४३ वर्षीय पदम बिष्टलाई करिब २८ ग्राम अबैध लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लटिनाथबाट खटीएको प्रहरीले उनको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।